भक्तपुर । मध्यपुरथिमि निवासी १५ वर्षीया निकिशा श्रेष्ठमाथि दुव्र्यवहार गर्ने र भिडियो टिकटकमा ‘अपलोड’ गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर, भक्तपुरले आज भक्तपुर नगरपालिका–५ टौमढीबाट उनीहरुलाई पक्राउ गरेको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिए ।
निकिशामाथि भक्तपुर नगरपालिका–१ दूधपाटीमा गत मङ्गलबार दुव्र्यवहार गरी बुधबार सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेपछि यसको चर्को विरोध भएको थियो । त्यस लगत्तै नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्यूरोलाई छानविन र अनुसन्धान गर्न पत्राचार गरेपछि भक्तपुर प्रहरीले पक्राउ गरेको बताइएको छ ।
सार्वजनिक भएको भिडिओमा स्कुटरमा सवार व्यक्तिले निकिशालाई लैङ्गिक विभेद र अपमानजनक शब्द प्रयोग गरी दुव्र्यवहार गरेको र आफूलाई दुव्र्यवहार गरेपछि श्रेष्ठले ती मानिसलाई लखेटेको देखिन्छ ।
प्रहरीले आज बिहान टौमढी निवासी १७ वर्षीय विशेष जोशी, अपरान्ह् दूधपाटी बस्ने १७ वर्षीय रितश लाखेलाई तौमढीस्थित आफन्तको घरबाट र १८ वर्षीय साखिल भन्ने रोहित खत्रीलाई वडा नं १ भार्वाचोबाट पक्राउ गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।
प्रहरीको अनुसन्धानमा खत्रीले स्कुटर चलाएको, लाखेले अपशब्द बोल्दै भिडियो खिचेको र जोशीले भिडियो अपलोड गरेको खुलेको छ । प्रहरीको साइबर ब्यूरोले यसबारेमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०४ मंसिर २०७७, १८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
चीनका लागि जासुसी गरेको आरोपमा जर्मनीका एक राजनीतिज्ञ सहायक पक्राउ
झापाको मेचीपुलबाट ब्राउन सुगरसहित १ जना पक्राउ
मापसे सेवन गरेर एम्बुलेन्स चलाएको आरोपमा चालक पक्राउ
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ