चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
इच्छाकामना गाउँपालिका–६ चेपाङडाँडास्थित सडकबाट मोटरसाइकल अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा सो दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार पर्वत जिल्ला कुश्मा नगरपालिका–१४ का २६ वर्षीय भेषबहादुर क्षेत्री रहेका छन् । सोही ठाउँ बस्ने मोटरसाइकल चालक अनिल विक गम्भीर घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग७प २०२३ नम्बरको मोटरसाइकल साँझ ५ः५० बजेको समयमा अनियन्त्रित भई सडकदेखि ५० मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।
घटनामा परी गम्भीर घाइते क्षेत्रीको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचारका क्रममा साँझ ६ः४० बजे मृत्यु भएको हो । गम्भीर घाइते विकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०३ मंसिर २०७७, २१ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते