प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी हुने

सफल खबर संवाददाता

बुधबार, ०३ मंसिर २०७७, १२ : ५८
प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी हुने

file photo

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओली पनि सहभागी हुने भएका छन् ।

अघिल्लो सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गरेर छुट्टै प्रस्ताव ल्याएपछि ओली चिढिएका थिए भने उनले आजको बैठक नराख्न लबिङ गर्दै आएका थिए । 

ओली इतर समूहले बैठक स्थगित गर्न अस्वीकार गरेपछि ओलीपछि अन्ततः बैठकमा सहभागी हुने निश्चित भएको हो ।

प्रतिक्रिया दिनुहोस