काठमाडौं । गण्डकी प्रदेशअन्तर्गत आज नवलपरासी (पूर्व) र तनहुँमा भएका दुर्घटनामा तीन जना घाइते भएका छन् । नवलपरसी(पूर्व) कावासोती नगरपालिका–१७ बरौलीस्थित भित्री सडकखण्डमा बरौलीबाट गोछडातर्फ जाँदै गरेको ना २१ प ७१०६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४६ प ८६९४ नम्बरको स्कुटर एकापसमा ठोकिंदा स्कुटर चालक कावासोती नगरपालिका–१५ शेरगन्जका जीतबहादुर मर्दिनया र मोटरसाइकल चालक सोही नगरपालिका–१७ का निमबहादुर लामिछाने घाइते भएका छन् ।
घाइते दुवैलाई उपचारार्थ मध्यविन्दु जिल्ला अस्पताल डण्डा पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो । त्यस्तै आजै तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुस्थित पृथ्वी राजमार्गमा गोरखाबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख ४६७ नम्बरको बसबाट मान्छे ओराल्ने क्रममा बसमा सवार म्याग्दे–७ का सोनम थापा अगाडिको ढोकाबाट खसेर घाइते भएको प्रहरीले जनाएको छ । घाइते थापालाई थर्पुस्थित म्याग्दे पोलिक्निकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि मेट्रोसिटी अस्पताल पोखरा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०२ मंसिर २०७७, २० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते