काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–४ मा हतियार र कालिजसहित पाँच शिकारी पक्राउ परेका छन् । थामडाँडाको अर्जे खोलाको जङ्गलमा वन्यजन्तु चोरी शिकारी गर्ने उनीहरुलाई भरुवा बन्दुक र कालिजसहित आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बेनी नगरपालिका–४ थामडाँडाका ४९ वर्षीय पूर्ण गुरुङ, २० वर्षीय सन्दीप गुरुङ, २५ वर्षीय सन्तोष गुरुङ, ३६ वर्षीय सकबहादुर गुरुङ र २१ वर्षीय सञ्जय गुरुङलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
रातको समयमा जङ्गलमै पक्राउ परेकाहरुको साथबाट कालिज र एक थान एक नाले भरुवा बन्दुकसमेत बरामद गरिएको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनीहरु विरुद्ध वन्यजन्तुको अवैध चोरी शिकारी र अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाउने प्रहरीले जनाएको छ । वन्यजन्तुको चोरी शिकारी हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले विशेष टोली परिचालन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०१ मंसिर २०७७, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति कार्यालयमा तोडफोड र लुटपाट गर्ने तीन जना पक्राउ
जेनजी आन्दोलनमा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गरेको आरोपमा तीन जना पक्राउ
नख्खु कारागारबाट फरार भएका लामा काठमाडौँको गुजेश्वरि मन्दिरबाट पक्राउ
प्रहरी वृत्त महाराजगञ्जका जवान थापाको हत्यामा संलग्न थप दुई जना पक्राउ
पेस्तोलसहित एक जना पक्राउ
लागु औषधसहित एक युवक पक्राउ