जर्जियामा जितेपछि बाइडेनको ३०६ मत

पत्रपत्रिकाबाट

आइतबार, ३० कार्तिक २०७७, ०८ : १८
जर्जियामा जितेपछि बाइडेनको ३०६ मत

एजेन्सी । अमेरिकी राष्ट्रपतिमा यसअघि नै निर्वाचित जो बाइडेनले जर्जिया राज्यमा पनि जित हासिल गरेको अमेरिकी सञ्चारमाध्यमहरूले प्रक्षेपण गरेका छन् । 

सन् १९९२ पछि जर्जियामा जित हासिल गर्ने उनी पहिलो डेमोक्र्याटिक हुन् । मतगणनाका क्रममा विवाद भएपछि जर्जियामा हातैले फेरि गणना गरिएको थियो । 

जर्जियामा जित हासिल भएसँगै बाइडेनको विजय फराकिलो भएको छ । बीबीसीका अनुसार बाइडेनको पक्षमा अब ३ सय ६ इलेक्टोरल मत पुगेको छ । बाइडेनले प्राप्त गरेको इलेक्टरल कलेज मत चार वर्षअघि ट्रम्पले ल्याएको बराबर छ । कान्तिपुरमा खबर छ ।