हास्यकलाकार मनोज गजुरेल डिस्चार्ज

सफल खबर संवाददाता

आइतबार, ३० कार्तिक २०७७, ०८ : ०८
हास्यकलाकार मनोज गजुरेल डिस्चार्ज

काठमाडौं । हास्य कलाकार मनोज गजुरेल कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । दशैँको समयमा कोरोना संक्रमित भएका गजुरेल ११ दिनको अस्पताल बसाइपछि घर फर्किएका हुन् । 

‘११ दिनको अस्पताल बसाइपछि घर फर्किएर आराम गरिरहेको छु’, गजुरेलले भने, ‘कोभिड–१९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्कने छु ।’

उतले उपचार सेवा प्रदान गर्ने बलम्बिुस्थित एपीएफ अस्पताल, परिवारका सदस्यका साथै शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् । कोरोना संक्रमित भएपछि गजुरेल अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस