संक्रमणबीच कसरी मनाउने तिहार ?

पत्रपत्रिकाबाट

आइतबार, ३० कार्तिक २०७७, ०७ : १३
संक्रमणबीच कसरी मनाउने तिहार ?

काठमाडौँ । कोरोना संक्रमणको जोखिम उच्च रहेकाले सजगतासाथ तिहार मनाउन विज्ञहरूले सुझाव दिएका छन् ।

चाडपर्वको समयमा एकै ठाउँमा धेरै जना जमघट गर्दा संक्रमण थप फैलिने भएकाले सावधानी अपनाउन उनीहरूले सुझाएका हुन् । सरुवा रोग विशेषज्ञ डा.अनुप बाँस्तोलाका अनुसार पर्वको समयमा विशेष गरी बालबालिका र वृद्धवृद्धाले बढी सावधानी अपनाउन आवश्यक छ ।

‘बच्चाहरू शंकास्पद संक्रमित र जोखिम वर्ग दुवैसँग घुलमिल हुन्छन्,’ उनले भने, ‘संक्रमणका हिसाबले बालबालिका त्यति जोखिममा छैनन् तर उनीहरूले एकबाट अर्कामा सजिलै रोग सार्ने भएकाले धेरै घुलमिल नगर्दा राम्रो ।’

देउसीभैलो नखेल्न र टीका लगाउन नातेदारकहाँ नजानसमेत उनले युवा र बालबालिकालाई आग्रह गरे, ‘यसपालि जहाँ छौं, त्यहीं बसेर सावधानीसाथ तिहार मनाऔं ।’ संक्रमणको समयमा खानपानमा समेत ध्यान दिनुपर्ने उनले बताए ।

‘भाइरसमुक्त भए पनि शरीर पहिले जस्तो हुँदैन, जुनसुकै अंगमा असर गरेको हुन सक्छ,’ डा. बाँस्तोलाले भने, ‘यस्तो बेलामा मद्यपान र धूमपानले ती अंग थप बिगार्न सक्छ, अन्य खानेकुरा भने बार्न जरुरी छैन ।’ कान्तिपुर दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस