ललितपुर । ललितपुरको जावलाखेलमा तिहारको अवसरमा पाँच दिन गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालले असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी गर्न लागेको हो ।
यो वर्षको फूल प्रदर्शनीको नारा ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने रहेको छ ।
बृहत् गोदावरी फूल प्रदर्शनीमा ८० वटा व्यवसायिक स्टल रहने छन् । अफिसियल, प्रतियोगितात्मक, सेल्फी र प्लान्ट क्लिनिक गरेर कुल ९० वटा प्रदर्शनी कक्ष रहने आयोजकले जनाएका छन् । २०५१ सालदेखि लगातार पुष्प मेला तथा प्रदर्शनी गर्दै आएको एसोसिएसनको यो १८ औँ प्रतियोगितात्मक प्रदर्शनी हो ।
प्रदर्शनीमा नर्सरीले उत्पादन गरेका गोदावरी फूलका पाँच प्रजातिमा प्रतिस्पर्धा गराइने छ । मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर प्रजातीमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । मेलामा सहभागी नर्सरी व्यवसायीलाई उत्कृष्ट स्टलतर्फसमेत प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धामा प्रथम, दोस्रो र तेस्रो हुनेले शिल्ड नगद र प्रमाणपत्र पाउँने छन् ।
प्रदर्शनीको उद्घाटन असोज २९ गते बुधबार बिहान ११ बजे जावलाखेल मैदानमा हुने कार्यक्रम तय भएको छ । प्रदर्शनीको उद्घाटन नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा। गोविन्द्रप्रसाद शर्माले गर्नेछन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले प्रदर्शनीको अवलोकनका लागि सबैलाई अनुरोध गरेका छन् । पत्रकार सम्मेलनमा एसोसिएसनका उपाध्यक्ष एवम् मेला संयोजक सुमन महर्जन, महासचिव हीरामणि शर्मालगायत कार्यसमिति सदस्य र व्यवसायीको उपस्थिति थियो ।
२०११ सालमा सामान्य स्तरबाट सुरु भएको पुष्प व्यवसाय अहिले व्यापक बनेको छ । नेपालका ७७ मध्ये ५२ जिल्लामा पुष्प व्यवसाय हुने गरेको छ । लगभग २७० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय हुँदै आएको छ । अहिले पुष्प व्यवसायको अनुमानित लगानी ८ अर्ब ८३ करोड भन्दा बढी रहेको छ । यो व्यवसायमा ५३ हजार पाँच सय बढी जनशक्तिले रोजगारी पाएको एसोसिएसनको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असोज २०८२, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज तिहारको कुनै पर्व छैन : नेपाल पञ्चाङ्ग निर्णायक समिति
किन मनाइन्छ तिहार : यस्तो छ तिहार पर्वको महिमा
तिहार पर्व शुरु, आज धनतेरस मनाइदै
तिहारमा काठमाडौँमा प्लास्टिकको मालामा प्रतिबन्ध