तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो

रासस

मंगलबार, ०४ कार्तिक २०८२, ११ : १७
तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो

सुनसरी । तिहार सुरु भएसँगै धरानका सडक पेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ । बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ ।

धरान उपमहानगरपालिका-२ का बिक्की दास बिहान ५:०० बजेदेखि बेलुका ८:०० बजेसम्म मुख्य बजार भानु चोक घण्टाघर क्षेत्रमा किसमिस, नरिवल, मिठाइ, झिलिमिली बत्ती र अबिरका प्याकेटहरू बिक्री गर्दै आएका छन् । उनले भने, “बिहान र साँझ उपभोक्ता बढी आउँछन् । दिउँसो गर्मी हुने भएकाले कम ग्राहक कम आउँछन् । अहिले दैनिक रु. १५ देखि २० हजारसम्मको कारोबार भइरहेको छ ।”

अहिले बजारका हरेक सडक पेटीमा सयौँ व्यापारी व्यस्त छन् । दियो, रङ, मिठाइ, किसमिस, पूजाका लागि माटाका पाला, बत्तीलगायत तिहारमा आवश्यक पर्ने सामग्री बिक्रीले बजार रङ, सुगन्ध र झिलिमिलीले भरिएको छ ।

धरानका सडकहरू अहिले तिहारको रौनकले चम्किरहेका छन् । मुख्य बजारका साना व्यापारीहरू, जसमा मिठाइ, किसमिस, दियो र अबिर बेच्नेको सङ्ख्या बढी छ । दैनिक रु. २० हजारसम्म कारोबार गर्दै स्थानीय व्यापारीले आफ्नो आम्दानी जुटाइरहेका छन् ।