चितवन । चितवन राष्ट्रिय निकुञ्जमा सिसौको काठ र बँदेलको बच्चा चोरीनिकासी गरेका तीन फरार अभियुक्त पक्राउ परेका छन् । उनीहरुलाई भरतपुर महानगरपालिकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकामा भरतपुर–२४ बस्ने निमा भन्ने नेमा घलान, भरतपुर–२८ का फुर्के कुमाल भन्ने गणेश कुमाल र सोही ठाउँका गिर्जा कुमाल भन्ने प्रितम कुमाल रहेका छन् । घलानलाई मध्यवर्ती क्षेत्रबाट अवैध रुपमा बँदेलको बच्चा चोरी निकास गरेको अभियोगमा रु २० हजार जरिवाना र ६० दिन कैद फैसला भएको छ ।
विसं २०७४ जेठ १९ गते दायर मुद्दामा २०७६ असार ३० गते फैसला भएको थियो । मुद्दाका चारजना अभियुक्तमध्ये उनी फरार रहँदै आएका थिए । उनलाई शुक्रबार पक्राउ गरिएको हो ।
त्यसैगरी कुमालद्वयलाई अवैधरुपमा सिसौको काठ चोरीनिकासी गरेको अभियोगमा ३४ हजार ४२९ जरिवाना र ३० दिन कैद फैसला भएको थियो । विसं २०७३ असोज १९ गते दायर मुद्दामा २०७६ असार २६ गते फैसला भएको थियो । मुद्दाका सातजना अभियुक्तमध्ये चारजना फरार रहेका थिए । तीमध्ये दुईजना पक्राउ परेका हुन् । उनीहरुलाई कात्तिक १८ गते पक्राउ गरिएको हो । एक वर्षभन्दा कम सजाय हुने मुद्दा निकुञ्ज आफैँले पैसा गर्ने गर्दछ । पक्राउ परेकाहरुलाई जिल्ला कारागार भरतपुर चलान गरिएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २९ कार्तिक २०७७, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
५ किलो गाँजासहित युवक पक्राउ
सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ