रामबाबु घिमिरेको निबन्धसङ्ग्रह केन्द्र र परिधिलाई चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार

सफल खबर संवाददाता

शुक्रबार, २८ कार्तिक २०७७, १२ : ०१
रामबाबु घिमिरेको निबन्धसङ्ग्रह केन्द्र र परिधिलाई चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार

चितवन । चितवन साहित्य परिषद्ले स्थापना गरेका विभिन्न पुरस्कारहरू एक समारोहबिच बिहीबार अर्पण गरेको छ । ११२औं लक्ष्मी जयन्तीको अवसर पारेर ती पुरस्कारहरू प्रदान गरेको हो । साहित्यकार केदारनाथ खनालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ती पुरस्कारहरू दिइएको छ ।

चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार-२०७६ बरिस्ठ निबन्धकार रामबाबु घिमिरेको निबन्धसङ्ग्रह 'केन्द्र र परिधि' लाई दिइएको छ । उक्त पुरस्कारको राशी ५० हजार ४५ रुपैयाँ रहेको छ । त्यसैगरी चिसाप प्रतिभा पुरस्कार-२०७७ प्रकाश पौडेल माइलालाई दिइएको छ । माइलाको अनुपस्थितिमा उनका बुबा चुडामणि पौडेलले पुरस्कार ग्रहण गरे । पुरस्कारको राशी १५ हजार ४५ रुपैयाँ छ । हाइकू साहित्यमा खोज र अनुसन्धान गरिरहेका माइला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष हुन् । माइला लामो समयदेखि जापानमा छन् । त्यसैगरी चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कार-२०७६ ञकुमाताझ कथासङ्ग्रह र ञअघटितझ उपन्यासलाई संयुक्तरूपमा प्रदान गरिएको छ ।

'कुमाता'का लेखक बसन्त पराजुली र 'अघटित'का लेखक गणेशप्रसाद लाठले संयुक्तरूपमा पुरस्कार ग्रहण गरे । पुरस्कारको राशी १५ हजार ४५ रुपैयाँ छ । त्यस्तै चिसाप लीला(नर्मदा साहित्य पुरस्कार-२०७६ 'मोहपथ' कथासङ्ग्रहलाई प्रदान गरियो । कृतिका सर्जक ललित बिष्टले पुरस्कार ग्रहण गरे । पुरस्कारको राशी १५ हजार ४५ रुपैयाँ छ । 'मोहपथ' कथासङ्ग्रह मदन पुरस्कार-२०७६ को मनोनयन सुचीमा सुचिकृत पुस्तक हो ।

कोभिड-१९ को महामारीका कारण पुरस्कारका कार्यक्रम गर्न ढिला भएको थियो । अहिले अवस्था सामान्य बन्न थालेपछि थोरै उपस्थितिमाझ कार्यक्रम गरेर स्रस्टालाई सम्मानित र पुरस्कृत गरिएको चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलले बताए ।

प्रतिक्रिया दिनुहोस