मंसिर मसान्तसम्मै अन्तर्राष्ट्रिय सीमा नाका बन्द

पत्रपत्रिकाबाट

शुक्रबार, २८ कार्तिक २०७७, ०८ : २२
मंसिर मसान्तसम्मै अन्तर्राष्ट्रिय सीमा नाका बन्द

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोनाको खोपका लागि कार्ययोजना स्वीकृत गर्दै सरकारी अस्पतालमा कोरानाको परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

यसअघि पनि सरकारले कोरोना परीक्षणदेखि उपचारसम्म निःशुल्क गर्दै आएको थियो । केही समयअघि भने सरकारले उपचार निःशुल्क नगर्ने निर्णय गरेको थियो । सो निर्णयको चौतर्फी विरोध भएको थियो । अदालतले समेत कोरोना संक्रमितको उपचार निःशुल्क गराउन आदेश दिएको थियो ।

सरकारले कोरोना भाइरस ९कोभिड–१९० रोकथाम तथा नियन्त्रणका लािग अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै ३० मंसिरसम्मलाई सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा ३० कात्तिकसम्म जारी प्रतिबन्ध एक महिना थपिएको जानकारी दिएका छन् । सरकारले गत ११ चैत २०७६ देखि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशमा लकडाउन घोषणा गरेसँगै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्दै आएको छ ।

सरकारले कात्तिकदेखि आगामी चैतसम्म प्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्मको आधा तलब भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको सरकार प्रवक्ता गुरुङले जानकारी दिएका छन् । सरकारले नेपालमा चिया खेतीको दिगो विकासका लागि अमेरिकाले दिने १७ करोड ५० लाख डलर सहायता स्वीकार गर्ने निर्णय गरेको छ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस