अस्पतालविरुद्ध ९३ करोड क्षतिपूर्ति माग्दै मुद्दा

पत्रपत्रिकाबाट

शुक्रबार, २८ कार्तिक २०७७, ०८ : ०८
अस्पतालविरुद्ध ९३ करोड क्षतिपूर्ति माग्दै मुद्दा

काठमाडौं । आफू कार्यरत अस्पतालको लापरबाहीका कारण ज्यान गुमाएका हाडजोर्नी विशेषज्ञ डा. ज्ञानेश्वरप्रसाद सिंहको परिवारले झन्डै ९३ करोड क्षतिपूर्ति माग दबी गर्दै भैरहवास्थित मेडिकल कलेजविरुद्ध मुद्दा दायर गरेको छ। उपचारका क्रममा गत माघमा मृत्यु भएका डा. सिंहको परिवारले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज एन्ड टिचिङ अस्पतालविरुद्ध ९२ करोड ७८ लाख ७३ हजार रुपैयाँ क्षतिपूर्ति दाबीसहित अदालतमा मुद्दा दायर गरेको हो।

त्यसमध्ये ४२ करोड ७८ लाख ७३ हजार रुपैयाँ परिवारका लागि क्षतिपूर्ति दाबी गरिएको छ। विगतमा समेत अस्पतालले गम्भीर लापरबाही गरेकाले त्यस्ता लापरबाही दोहोरिन नदिन दण्डबापत ५० करोड क्षतिपूर्ति दाबी गरिएको छ। डा. सिंहकी पत्नी विना सिंहले कात्तिक १६ गते जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेकी हुन्। मुद्दामा अस्पताल र त्यहाँ कार्यरत तीन चिकित्सकलाई विपक्षी बनाइएको छ। डा. सिंहको उपचारमा संलग्न विश्व तुलाचन, लक्ष्मी पाठक र डा। सन्तोष शाहलाई चिकित्सकीय लापरबाही ९मेडिकल नेग्लेजेन्सी० गरेको आरोप लगाइएको छ।

उपचारका क्रममा भएको लापरबाहीले श्रीमान्को ज्यान गएकाले क्षतिपूर्तिबापत २५ करोड, श्रीमान्ले २५ वर्ष काम गर्न सक्ने भएकाले परिवार धान्न सो समयको आयआर्जनबापतको साडे १२ करोड, छोराछोरीको अध्ययन खर्चबापत ५ करोड र औषधिउपचारको २८ लाख ७३ हजार क्षतिपूर्ति माग दाबी गरिएको छ। डा। सिंहका एक छोरा र एक छोरी बंगलादेशमा एमबिबिएस अध्ययनरत छन्। अस्पतालमै कार्यरच चिकित्सकको उपचारमा लापरबाहीका कारण ज्यान गएपछि पीडित परिवारले क्षतिपूर्ति माग दाबीसहित भैरहवास्थित मेडिकल कलेजविरुद्ध मुद्दा दायर गरेको छ।

जनकपुर उपमहानगरपालिकाको पुल्चोक स्थायी घर भएका डा। सिंह १० वर्षदेखि भैरहवास्थित मेडिकल कलेजमा अर्थो विभाग प्रमुखको रुपमा कार्यरत थिए। प्राध्यापक सिंह सोही कलेजमा अध्यापनसमेत गर्थे। २०७६ को भदौ १० गते साँझ खाना खाने क्रममा डा. सिंहको घाँटीमा मासुको हड्डीसहितको टुक्रा अड्कियो। तत्काल उनलाइ भैरहवा मेडिकल कलेजमै लगियो ।

त्यसदिन रातभर उनलाई कुनै उपचार नगरी इमरजेन्सीमा राखियो। ११ गते डा। विश्व तुलाचन, सन्तोष शाह र लक्ष्मी पाठकको टिमले उपचार सुरु ग(यो। इन्डोस्कोपी अपरेसनद्वारा घाँटीमा अड्किएको आधा हड्डी निकालेको र आधा धकेलेर पेटमा पठाएको भन्दै चिकित्सक टोलीले अपरेसन सफल भएको बतायो। अपरेसनपछि घाँटीमा हड्डी बाँकी भएनभएको निक्र्योल गर्न सिटीस्क्यानसमेत गरिएन। अपरेसन गरेको पाँचौं दिनमा डा. सिंहको अवस्थामा सुधार हुनुको साटो ज्वरो आउने, बान्ता हुने समस्या देखियो। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस