२ प्रतिशत ब्याजमा करोड ऋण

पत्रपत्रिकाबाट

बुधबार, २६ कार्तिक २०७७, ०८ : ०४
२ प्रतिशत ब्याजमा करोड ऋण

काठमाडौं । कर्णाली प्रदेशका किसानले २ प्रतिशत ब्याजमा १ लाखदेखि १ करोडसम्म ऋण पाउने भएका छन् । किसानलाई व्यावसायिक बनाउन र प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकारले सहुलियत ऋण कार्यक्रम ल्याएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार व्यावसायिक रूपमा कृषि गर्ने तथा पशुपक्षी पाल्न चाहने किसानलाई सहुलियत ऋण उपलब्ध गराइनेछ। यो कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार र कृषि विकास बैंकबीच सम्झौता भएको छ ।

मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र र कृषि विकास बैंकको प्रदेश कार्यालयका उपमहाप्रबन्धक प्रताप सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।  अन्नपूर्ण पोस्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस