पुस्तक आयातमा लगाइँदै आएको कर हटाउने निर्णय

सफल खबर संवाददाता

मंगलबार, २५ कार्तिक २०७७, १२ : १४
पुस्तक आयातमा लगाइँदै आएको कर हटाउने निर्णय

सांकेतिक तस्विर

काठमाडौँ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पुस्तकमा लगाइँदै आएको कर हटाउने निर्णय गरेको छ । पूर्वअर्थमन्त्री युवराज खतिवडाले पुस्तक आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय लिएका थिए भने सो निर्णयको बौद्धिक क्षेत्रका साथै सरोकारवालाले चर्को आलोचना गर्दै आएका थिए ।

अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पुस्तकमा लगाइँदै आएको कर हटाउन प्रस्ताव सोमबारको मन्त्रिपरिषद् बैठकमा पेश गरेका थिए । सो प्रस्ताव बैठकले पारित गरेपछि अब पुस्तकमा कर नलाग्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस