बुटवलका कवि कविता सुनाउन भरतपुरमा

शनिबार, ०९ मंसिर २०७४, २१ : ४२

भरतपुर । चियासँग कविताको ३८ औँ श्रृङ्खलामा बुटवलका कवि गिरि श्रीस मगरले शनिबार आफ्ना एक दर्जन कविता वाचन गर्नु भएको छ ।

स्वःस्फुर्त रुपमा स्थापित चियासँग कविता समूहले शनिबार बिहान आयोजना गर्ने चियासँग कविताको पछिल्लो श्रृङ्खलामा कवि मगरले सीमान्तकृत मानिसहरूको पक्षमा लेखेका कविताहरू वाचन गर्नु भएको हो ।

कवि मगरले वाचन गरेका कवितामध्ये प्रोक्सी एड, नक्सा, ट्रान्सफर्मर तान्ने केटाहरू, हात नभएको मानिस, युवाहरूको कथा शीर्षकका कवितालाई उपस्थित श्रोताहरुले बढी मन पराएका थिए ।

कार्यक्रममा वाचित कवितामाथि बुटवलका समीक्षक रामचन्द्र श्रेष्ठ, चितवनका समीक्षक उदय अधिकारी र कवि गोविन्दराज विनोदीले टिप्पणी गरेका थिए । कार्यक्रमलाई कवि भूपिनले सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस