दक्षिण फिलिपिन्समा सरकार र विद्रोहीबीच झडप हुँदा ४४ लडाकूको मृत्यु

सोमबार, २८ फागुन २०७४, ०८ : ३०
दक्षिण फिलिपिन्समा सरकार र विद्रोहीबीच झडप हुँदा ४४ लडाकूको मृत्यु

मनिला, फिलिपिन्स । फिलिपिन्समा सरकारी सेना तथा बाङ्सामोरो इश्लामिक फ्रिडम फाइटर (बिआइएफएफ)बीच भएको झडपमा ४४ जना विद्रोही लडाकू मारिएका यहाँको सैनिक प्रवक्ताले आइतबार जनाएका छन् ।

लेफ्टिनेन्ट कर्नेल जेरी वेसानाले सञ्चारकर्मीलाई बताएअनुसार बिहीबार शुरूभएको दोहोरो झडपमा परी ४४ जना विद्रोही लडाकूको मृत्यु भएको र २६ जना घाइते भएका छन् ।

गुप्तचर अधिकारीले दिएको सूचनाका आधारमा घाइते र मृतकको सङ्ख्या सार्वजनिक गरिएको सैनिक प्रवक्ता वेसानाले बताउनुभयो ।

बिहीबार विहानैदेखि शुरु भएको झडपमा दक्षिणी फिलिपिन्सको साल्बु, डाटु साउदी अम्पाटुआन क्षेत्रमा सेनाले करिब ५० विद्रोहीको सामना गरेको थियो । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस