अध्यक्ष प्रचण्डसहितका पाँच शीर्ष नेताले सचिवालय बैठक बोलाउन माग गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई बुझाए पत्र

सफल खबर संवाददाता

शनिबार, २२ कार्तिक २०७७, १३ : २५
अध्यक्ष प्रचण्डसहितका पाँच शीर्ष नेताले सचिवालय बैठक बोलाउन माग गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई बुझाए पत्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ५ शीर्ष नेताहरुले पार्टीको सचिवालय बैठक बोलाउन माग गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएका छन् । 

पार्टीको बैठक बोलाइनुपर्ने, यसअघि भएका निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीसँग सरसल्लाहका आधारमा सरकारका गतिविधि सञ्चालन गरिदिनुपर्ने लगायतका विषय समेटेर ५ नेताले ओलीलाई लिखित पत्र बुझाएका हुन् । 

पत्र बुझाउन कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ शनिबार बालुवाटार पुगेका थिए । 

बालुवाटारमा प्रधानमन्त्रीसँगको छलफलका क्रममा 
पार्टी एकता रक्षा गर्नका लागि पनि समयमै समग्र विषयमा छलफल गर्न बैठक आवश्यक रहेकाले प्रधानमन्त्रीलाई लिखित जानकारी गराइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

प्रवक्ता श्रेष्ठका अनुसार प्रधानमन्त्रीले बैठक बोलाउने बारे केही नबताएको जानकारी दिए । ५ नेता एक दुई दिनभित्र नै बैठक बोलाएर समस्याको हल खोजिनुपर्नेमा एकमत देखिएका छन् । 

प्रतिक्रिया दिनुहोस