काठमाडौँ । प्रहरीले श्रीमान्को हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । कपुरकोट गाउँपालिका वडा नम्बर ५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीलाई आफ्नै श्रीमती ४३ वर्षीया र्इश्वरीलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
बुधबार बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिची पिर्काले टाउकामा प्रहार गरी हत्या गरिएको मृतकका बुवाले प्रहरीलाई जानकारी दिएपछि आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घरयासी झगडा भइरहने र र्इश्वरीबाट कुनै सन्तान नभएपछि जग्गा बेचेर पसल गर्ने विषयमा विवाद भएपछि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनुभयो । आरोपित महिलालाई पक्राउ गरेर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक वलीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २० कार्तिक २०७७, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ