काठमाडौं । पदीय भागबन्डा नमिलेर मूल नेतृत्वबीच नै पार्टी फुट्ने र फुटाउने आपसी धाकधम्की चलिरहेका बेला नेकपामा थाती रहेको ‘जनताको बहुदलीय जनवाद (जबज)’ को बहस ब्युँतिएको छ । त्यसको सुरुवात प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली स्वयंले प्रदेश १ बाट गरेका छन् ।
प्रधानमन्त्री ओली र सचिवालय सदस्य ईश्वर पोखरेलले बुधबार प्रदेश १ का आफूपक्षीय नेताहरूबीच ‘भर्चुअल बैठक’ गरेर जबजको पक्षमा माहोल बनाउन निर्देशन दिएका छन् । त्यसका लागि मदन भण्डारी फाउन्डेसनलाई वडास्तरसम्म विस्तार गर्न उनीहरूले प्रदेश १ का नेताहरूलाई निर्देशन दिएका छन् । निर्देशनमा उनीहरू पक्षीय स्थानीय नेताहरू सहमत छन् ।
पार्टीको राजनीतिक कार्यक्रम र मार्गदर्शक सिद्धान्तबारेको मतभेद चैतमा तय गरिएको एकता महाधिवेशनबाट टुंगो लगाउने सहमति नेकपाभित्र छ । त्यसैले पूर्वएमाले र पूर्वमाओवादी धारले भन्दै आएको क्रमशः जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाई जोडेर नेकपाले हालका लागि ‘जनताको जनवाद’ लाई आफ्नो कार्यक्रम भनेको छ । तर पूर्वएमालेहरूलाई एक ठाउँमा राख्ने रणनीतिअनुरूप जबजको बहस सुरु गरिएको ओलीनिकट स्रोतको भनाइ छ ।
त्यसका लागि ओलीले सबै प्रदेशका आफूनिकट नेताहरूसँग परामर्श गर्ने तयारी गरेका छन् । गत भदौ २९ गते अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले जारी गरेको अन्तरपार्टी निर्देशनमा प्रतिष्ठान तथा फाउन्डेसनका कारण गुट झाँगिएकाले त्यो रोक्नुपर्ने उल्लेख छ । तर बुधबारको बैठकमा अध्यक्ष ओली र सचिवालय सदस्य पोखरेलले पार्टी एकताको डोरी चुँडियो भने आउने जस्तोसुकै परिस्थितिका लागि पनि तयार हुन आफूपक्षीय नेताहरूलाई निर्देश गरे । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २० कार्तिक २०७७, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन
पार्टीका इतरपक्षलाई ‘टिकट’ मै बन्देज लगाउने ओलीको तयारी