सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता संकटमा परेपछि संकट मोचनको आ–आफ्नै तयारी गरेका छन्। कर्णाली प्रदेशमा आफ्नै सांसदहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध संसदीय दलमा राखेको अविश्वासको प्रस्तावपछि बढ्दै गएको विवाद सुल्झाउन तीन शीर्ष नेताले आ–आफ्नै तयारी थालेपछि यसको ठोस परिणाम भने हासिल हुन सेकको छैन्।
ओली, दाहाल र नेपालले आफ्ना समूहका नेताहरुसँग निरन्तर छलफल अघि बढाएका छन्। उनीहरु सकेसम्म पार्टीलाई एकताबद्ध बनाएर लैजाने पक्षमा रहेपछि परिस्थिति कुन बेला कसरी विकास हुन्छ भन्न नसकिने बताउँदै आएका छन्। तीन दिन यता एक पक्षीय तथा द्धिपक्षीय भेटघाटहरु भैरहेका छन्। तीन नेताहरु सकेसम्म एकलेअर्को पक्षसँगको सहकार्यलाई टुटाउन लागिरहेका छन्। बद्लिदो परिस्थितिमा दुई पक्षीय समीकरण बन्न नदिन उनीहरु लागि रहेका हुन्। ओली समूहले दाहाल नेपालको समीकरण भत्काउन लागिरहेको छ। त्यस्तै दाहाल समूहले नेपाल ओली समीकरण बन्न नदिने तर्फ आफ्नो ध्यान केन्द्रित गर्न थालेका छ। त्यसैगरी नेपाल पक्षले भने दुवै अध्यक्षको भूमिका र व्यवहारको परीक्षण गरिरहेको छ।
यस्तै दाउपेचबीच मंगलबार दिउँसो पार्टीका महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य भीम रावलकाबीच भेटघाट भएको थियो। उनीहरूले पार्टी एकतालाई जोगाएर लैजाने विषयमा कुराकानी गरेपछि बेलुकी भीम रावल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे लगायतका केही नेताहरु खुमलटार पुगेर दाहाललाई भेट गरी पार्टी एकतालाई बलियो बनाउन आग्रह गरेका थिए। तर पनि पार्टीभित्रको विवादमा तीन नेताहरुले आफ्नै रणनीति तय गरिरहेका छन्। त्यस्तै आइतबार साँझ महासचिव पौडेल र वर्षमान पुन खुमलटार दाहाल निवास पुगेर पार्टी एकताको पक्षमा लविङ गरेका थिए। नगरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १९ कार्तिक २०७७, ०६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको एकता ‘प्रस्ताव’लाई ‘विप्लव’ नेतृत्वको नेकपाले गर्यो स्वागत
विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध साउन ३० गते देशभर प्रदर्शन गर्ने
एमालेले आज ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने