काठमाडौं । नेपालका विभिन्न जिल्लाबाट युवालाई प्रलोभनमा पारेर भारतका सिक्किम र गोवामा पुर्याई जुवा खेलाउने गिरोहका २ नेपाली उपत्यकाबाट पक्राउ परेका छन् ।
उनीहरूलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ८ लाख नगदसहित पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार प्यूठान नौबहिनी गाउँपालिका–४ घर भई ललितपुर झम्सिखेल बस्दै आएका दीपक गुरुङ भनिने ३८ वर्षीय डुवलाल घर्तीमगरलाई नागपोखरी र २० वर्षीय सुनील पुनमगरलाई इमाडोलबाट पक्राउ गरिएको छ । अर्का एक जना फरार छन् ।
सिक्किम र गोवामा पुगी जुवाबाट हारेर आएका व्यक्तिले दिएको निवेदनका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १८ कार्तिक २०७७, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुवा खालबाट एक लाखसहित १३ जना पक्राउ
अनलाइन जुवा खेलाउने २३ जना पक्राउ
अनलाइन जुवा खेलाएको आरोपमा बूढानीलकण्ठबाट २३ जना पक्राउ
जुवाको खालबाट ११ जना पक्राउ
जुवा खेलाएको आरोपमा एक युवक पक्राउ