काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ डल्लुस्थित सामुदायिक अस्पताल पछाडिको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गत प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले असार १२ गते साँझ ५ बजे उक्त ठाउँमा छापा मार्दै उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूबाट ४४ हजार ८५ रुपैयाँ नगद र ३ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक अपिल राज बोहराका अनुसार पक्राउ पर्नेमा काभ्रेपलान्चोक घर भएका सुनिल कुमार, धनुषा घर भएका जीवन मगर, धादिङ घर भएका सुमन मजकोटी, रुपन्देही घर भएका सुशील घर्ती मगर र कञ्चनपुर घर भएका मनोज बोहोरा छन् ।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ४ दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ असार २०८२, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएलमा जुवा खेलाएको आरोपमा आठजना भारतीय पक्राउ
जुवा खालबाट एक लाखसहित १३ जना पक्राउ
अनलाइन जुवा खेलाउने २३ जना पक्राउ
अनलाइन जुवा खेलाएको आरोपमा बूढानीलकण्ठबाट २३ जना पक्राउ
जुवाको खालबाट ११ जना पक्राउ