कास्की । पोखरा महानगरपालिका वडा नं. १९ अकलादेवीस्थित एक स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई रङ्गेहात पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलीले फागुन २३ गते दिउँसो साढे २ बजेतिर छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जुवाको खालबाट प्रहरीले नगद ९९ हजार ८ सय ५५ रुपैयाँ र एक बुक तास समेत बरामद गरेको छ। पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखी कानुनी कारबाही अगाडि बढाइएको छ। प्रहरीले उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा म्याद थप गरेको छ।
अदालतबाट १० दिनको म्याद लिएर यस घटनाका सम्बन्धमा थप विस्तृत अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ फागुन २०८२, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएलमा जुवा खेलाएको आरोपमा आठजना भारतीय पक्राउ
जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ
जुवा खालबाट एक लाखसहित १३ जना पक्राउ