काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली प्रहरी नायब उपरीक्षक (डिएसपी) बनी धम्क्याउने एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिकाका बब्लु झा रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनले फोनमार्फत आफु महानगरीय प्रहरी वृत्त कालीमाटीको डिएसपी भएको जनाउँदै बब्लुसँग भएको झगडाका सम्बन्धमा छलफल गर्न भनी काठमाडौँको बानेश्वर बस्ने चन्दु झालाई कालीमाटी वृत्तमा बोलाएका थिए ।
कालिमाटी आउँदा प्रहरीले नबोलाएको थाहा पाएपछि कारवाहीका लागि चन्दुले निवेदन दिएका थिए । सोही आधारमा खोजी गर्दा उनलाई नियन्त्रणमा लिइएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १७ कार्तिक २०७७, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइनसहित २ जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा किशोर पक्राउ
चन्द्रागिरिमा झगडा हुँदा एक जनामाथि चक्कु प्रहार, आरोपी पक्राउ
धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ
इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जना पक्राउ
झन्डै डेढ करोडको सुनसहित पोखराबाट दुई जना पक्राउ