काठमाडौं । मुलुकमा गम्भीर स्वास्थ्य संकटका कारण नागरिक जीवन अस्तव्यस्त भएका बेला सरकारको नेतृत्वमा रहेको दल नेकपाभित्र फेरि मुख्य नेताहरूबीच शक्ति संघर्ष सुरु भएको छ ।
यसअघि गत वैशाख ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा र असार १४ मा लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेटेर नक्सा जारी गरेकामा आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको अभिव्यक्ति दिएपछि अकासिएको विवादले नेकपा फुटको संघारमा पुगेर फर्किएको थियो ।
तर गएको भदौ २६ गते स्थायी कमिटी बैठकले पुरानो विवाद फेरि नदोहोर्याउने निर्णय गर्दै चैतमा पार्टी एकताको महाधिवेशन गर्ने भनी गरेको निर्णयको एउटा बुँदा पनि कार्यान्वयन नहुँदै उक्त पार्टीमा फेरि अर्को ताण्डव सुरु भएको हो । वैशाखयता नेकपाभित्रको विवाद चरम सीमामा पुगेको यो तेस्रो पटक हो ।
पछिल्लो पटक मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको विवाद र प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलसँग गरेको भेटघाटलाई लिएर सुरु भएको किचलोले नेकपामा फेरि उग्र रूप लिएको हो ।
त्यसको विस्फोट अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच शनिबारको भेटघाट र आइतबार यी दुवै अध्यक्षले गरेको आफूपक्षीय नेताहरूको छुट्टाछुट्टै भेलामा भएको छ । ती छुट्टाछुट्टै छलफलमा दुवै अध्यक्षले पार्टीमा फेरि विभाजनको खतरा बढेको ब्रिफिङ गर्दै दोष अर्को पक्षको काँधमा थोपरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १७ कार्तिक २०७७, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ