काठमाडौं । कुटपिट गरी आफ्नै श्रीमती २९ वर्षीया निरु कासिछ्वाको हत्या गरेको अभियोगमा प्रहरीले सूर्यविनायक निवासी ३४ वर्षीय रोशन नागालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले हत्याको जाहेरी आएपछि नागालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको जानकारी दिनुभयो ।
१२ वर्ष अघि प्रेम विवाह गरेको निरुलाई रोशनले पटकपटक कुटपिट गर्ने गरेको र पछिल्लो समय पनि कुटपिटबाटै मृत्यु भएको माइती पक्षको भनाइ छ । यही असोज १८ गते बिहानै निरु रुदै माइती आएर लोग्नेले पटकपटक कुटपिट गरेको र रातभरी पनि कुटेर सहनै नसक्ने भइयो, पुलिसलाई रिपोर्ट दिनु पर्यो भनेको दाजु विकास कासिछ्वा बताउनुहुन्छ ।
सोही दिन महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएपछि रोशनलाई बोलाएर छलफल गर्दा अब मिलेर बस्ने भनेर सहमतिपछि पाँच दिनको तारेखमा घर पठाएको उहाँले बताउनुभयो । प्रहरी उपरीक्षक थापाले तारेखमा छाडे पनि नागा तारेक लिन नआएको र एकै पटक निरुको हत्या भएको जाहेरी आएपछि पक्राउ गरी अनुसन्धान शुरु गरेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १६ कार्तिक २०७७, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ