कक्षा १२ को परीक्षा नयाँ मोडालिटी अनुसार सञ्चालन गर्दा प्रश्नपत्रको खर्च व्यर्थै

पत्रपत्रिकाबाट

आइतबार, १६ कार्तिक २०७७, ०७ : २२
कक्षा १२ को परीक्षा नयाँ मोडालिटी अनुसार सञ्चालन गर्दा प्रश्नपत्रको खर्च व्यर्थै

काठमाडौँ । कक्षा १२ को परीक्षा नयाँ मोडालिटीअनुसार सञ्चालन गर्दा राज्यकोषमा आर्थिक व्ययभार थपिने भएको छ। सय पूर्णांकलाई आधार मानेर सञ्चालन गर्ने गरी छापिएको प्रश्नपत्र नष्ट गरी नयाँ छाप्नुपर्ने भएको हो। 

अब सय पूर्णांकमध्ये ४० प्रतिशतको मात्र लिखित परीक्षा हुनेछ। ४० प्रतिशत अंक कक्षा ११ को पढाइलाई आधार मानिनेछ। २० प्रतिशत भने विद्यालयले नै मूल्यांकन गरी अंक प्रदान गर्नेछ।  

परीक्षार्थीलाई भीड गराएर परीक्षा हलमा बसाउनै पर्ने भएपछि कुल पूर्णांकअनुसारकै परीक्षा सञ्चालन गराएकै भए पनि उपयुक्त हुने केही अभिभावकको भनाइ छ। शतप्रतिशत लिखित भएका परीक्षामा परीक्षार्थीलाई तीन घण्टा समय छुट्ट्याइन्थ्यो। यसपटक भने अधिकतम डेढ घण्टा मात्रै समय तोकिएको छ। 

प्रतिक्रिया दिनुहोस