काठमाडौं । काठमाडौं महानगरपालिका-२६ गोंगबु पवित्रनगरबाट १० किलो अवैध लागूऔषध गाँजा सहित धादिङ गल्छी घर भएका २५ बर्षीय ईश्वर थापा समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिणामको लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै उनीहरुले प्रयोग गरेको बा.९० प ६२८९ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।
उदयपुर, चौदण्डीगढी नगरपालिका-१० देबधारबाट १ किलो ३ सय ६५ ग्राम लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ७२ बर्षीय सबुरलाल चौधरी समेत ५ जनालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको छ । चौधरीले लागूऔषध गाँजा बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरीले चौधरी समेत खरिद गर्न आएका सोही ठाउँ बस्ने सुरेन्द्र दनुवार लगायत ५ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ कार्तिक २०७७, १६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रशासन कार्यालयमा कार्यरत सुब्बा पक्राउ, पाँच दिन म्याद थपेर अनुसन्धान हुँदै
नक्कली परीक्षार्थी पक्राउ
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ