काठमाडौं । अघिल्लो महिना प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच १५ पटक भेटवार्ता भयो ।
घण्टौं लामो संवादका निमित्त बालुवाटार–खुमलटार गरिरहेका दाहालले बालुवाटारमा तारेख धाइरहेको टिप्पणी पार्टीभित्रैबाट भयो तर मन्त्रिपरिषद् पुनर्गठनमा दुई अध्यक्षबीच कुरा नमिलेपछि दाहालको बालुवाटार जाने सिलसिला रोकियो, अध्यक्षद्वयका बीचमा संवादहीनता सुरु भयो ।
कात्तिक ४ गते केहीबेर कुरा गरेका दाहाल र ओलीबीच कर्णाली प्रदेशमा देखिएको समस्या समाधानका सन्दर्भमा कुरा मिलेन । उनीहरूले छुट्टाछुट्टै सर्कुलर जारी गरे । उनीहरूको यही ‘रबैया’ ननिको लागेर हुनुपर्छ, पछिल्लो समय दुई अध्यक्षबीचको सम्बन्ध सुमधुर बनाउन ‘दूत’ हरू सक्रिय भएका छन् । यो सक्रियता प्रधानमन्त्री ओली पक्षबाट धेरै देखिएको छ । बिहीबारमात्रै प्रदेश ५ का मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेलले अध्यक्ष दाहाललाई भेटेर दुई अध्यक्षका बीचमा संवादहीनता तोड्न आग्रह गरेका छन् ।
बिहान दाहाललाई भेट्न उनकै निवास खुमलटार पुगेका पोखरेलले स्थायी कमिटीले गरेका सबै समझदारी कार्यान्वयन गर्नुपर्ने र त्यसका लागि दुई अध्यक्ष मिल्नुको विकल्प नभएको बताएका थिए । स्रोतले दिएको जानकारीअनुसार पोखरेलले तिहारलगत्तै व्यापक रूपमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी दुई अध्यक्षले फेरि संवाद थाल्नुपर्ने बताएका थिए तर पोखरेलको प्रस्तावमा दाहाल सकारात्मक नदेखिएको उनीनिकट एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
दाहाललाई भेट्न बुधबार महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि पुगेका थिए । उनीहरूसँग पनि दाहालले प्रधानमन्त्रीले एकलौटी मन्त्रिपरिषद् पुनर्गठन गरेर आफूलाई कर्नरमा पारेको गुनासो गरेका थिए । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १४ कार्तिक २०७७, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली