काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको आगामी नेतृत्वका लागि तयार रहन आग्रह गरेका छन्। कार्तिक ४ र ११ का दुई भेटमा ओलीले पूर्वएमालेको तर्फबाट अबको पार्टी नेतृत्व लिन आग्रह गरेको स्रोतको दावी छ।
‘मंगलबार ओली र नेपालबीच भएको एकल भेटमा ओलीले अबको नेता तपाई नै हो यसमा मेरो पूर्ण समर्थन, साथ र सहयोग रहन्छ’, ओलीलाई उधृत गर्दै स्रोतले भन्यो। तर माधव नेपाल भने यसमा अझै आश्वस्त भइनसकेको स्रोतको दावी छ।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग सामान्य सम्बन्ध विग्रेपछि ओलीले नेपाललाई बोलाएर एक्लाएक्लै छलफल गरेका थिए। ओलीले नेपाललाई नेतृत्वको तेस्रो पटक प्रस्ताव गरेका हुन्। नगरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १४ कार्तिक २०७७, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ