काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको आगामी नेतृत्वका लागि तयार रहन आग्रह गरेका छन्। कार्तिक ४ र ११ का दुई भेटमा ओलीले पूर्वएमालेको तर्फबाट अबको पार्टी नेतृत्व लिन आग्रह गरेको स्रोतको दावी छ।
‘मंगलबार ओली र नेपालबीच भएको एकल भेटमा ओलीले अबको नेता तपाई नै हो यसमा मेरो पूर्ण समर्थन, साथ र सहयोग रहन्छ’, ओलीलाई उधृत गर्दै स्रोतले भन्यो। तर माधव नेपाल भने यसमा अझै आश्वस्त भइनसकेको स्रोतको दावी छ।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग सामान्य सम्बन्ध विग्रेपछि ओलीले नेपाललाई बोलाएर एक्लाएक्लै छलफल गरेका थिए। ओलीले नेपाललाई नेतृत्वको तेस्रो पटक प्रस्ताव गरेका हुन्। नगरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १४ कार्तिक २०७७, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा