दैलेख । नौमुले गाउँपालिका–१ राइले धनीगाउँ बस्ने ४० वर्षीय भबिन्द्र शाहीको कुटपिट गरी हत्या गरेको अभियोगमा ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
भबिन्द्रलाई मंगलबार बेलुका ६ जना व्यक्तिहरुले कुटपिट गरी गम्भीर घाइते बनाएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख र ईलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरीले उक्त घटनाको अनुसन्धानको क्रममा ६ जनालाई नियन्त्रणमा लिएको हो ।
कुटपिटबाट गम्भीर घाइते भएका भबिन्द्रको घटनास्थलमै मृत्यु भएको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ कार्तिक २०७७, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या