कारागारमा कैदीबन्दीलाई खसी

रासस

शनिबार, ०८ कार्तिक २०७७, १० : २८
कारागारमा कैदीबन्दीलाई खसी

कञ्चनपुर । कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई बडादशैँ मनाउनका लागि खसी उपलव्ध गराइएको छ  । लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो । कैदीबन्दीले दशैंँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँंगै फलफूल र चिउरा पनि उपलब्ध गराइएको छ ।

गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले सरकारले दिने सिदाले नपुग्ने भएकाले मीठोमसिनो खानका लागि तिनलाई खसी उपलब्ध गराइएको बताए । यसैगरी नेपाली काँग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य दिवानसिंह विष्टले पनि कारागारमै पुगेर कैदीबन्दीलाई खसी प्रदान गरेका छन् । सो कारागारमा तीन सयभन्दा बढी कैदीबन्दी छन् ।