आभास रानाको लघुचलचित्र ‘घटनास्थल’ सार्वजनिक

सफल खबर संवाददाता

शनिबार, ०८ कार्तिक २०७७, ०८ : ५३
आभास रानाको लघुचलचित्र ‘घटनास्थल’ सार्वजनिक

चितवन । सामाजिक बिषयवस्तुमा आधारित लघुचलचित्र ‘घटनास्थल’ सार्वजनिक भएको छ । 

निर्देशक आभास रानाद्धारा निर्देशित घटनास्थलको फूलपातीको अवसर पारेर सार्वजनिक गरिएको हो । समाजमा आपराधिक मनोवृत्तिका मानिसहरुमा पनि मानवीयता र करुणभाव हुन्छ भन्ने चलचित्रद्वारा देखाउन खोजिएको निर्देशक रानाले जानकारी दिए । 

चितवनमा छायांकन तथा सम्पादन गरिएको उक्त चलचित्रमा मुख्य भूमिकामा देव आर्यन, आभास राना, सपना रम्तेल, जस्मिन अधिकारी रहेका छन् । यस्तै चलचित्रमा मेघराज पौडेल, कृष्णराज भट्ट, विशाल सिंह र नवराज क्षेत्रीको अभियनय रहेको छ । 

रानाका अनुसार चलचित्रमा एक अर्काप्रति आपराधिक र दुश्मन मनोवृत्ति विकास भई हत्या गर्न लागिएको अवस्थामा अपराधीले पश्चाताप मानी अपराध गर्न छोडेको बिषयबस्तुमा चलचित्रको कथा घुमेको छ । अपराधीहरु पनि बाध्यता र गलत संस्कार र संगतका कारण अपराधिक क्रियाकलापमा लागेको भएपनि उसमा मानवीय भावना ओतप्रोत भई अप्रीइ घटना हुन नपाएको कथामा देखाउन खोजिएको छ ।

 ‘अपराधीमा पनि मानवीय भावना  हुन्छ, निर्देशक रानाले भने,  यो चलचित्रले समाजमा यस्ता घटना न्यूनिकरण गर्न सहयोग पुग्नेछ ।’ 

लघुचलत्रिको कथा, छायांकन, परिकल्पना, सम्पादन पनि राना स्वयंले गरेका हुन् । पिक्सेल प्यालेसद्वारा निर्माण गरिएको यो चलचित्र दर्शकले ‘पिक्सेल प्यालेस स्टुडियो’ युट्युब च्यानल मार्फत हेर्न सक्नेछन् । 

यसअघि रानाले व्हाइट रिस्क, चितवन चकलेट, वाफ, मोड, चिम्टालगायत दर्जनौ चलचित्रमा निर्देशन गरिसकेका छन्, भने एक सयभन्दा बढी मयूजिक भिडियोको निर्देशन समेत गरिसकेका छन । 

निर्देशक राना चितवन आधारित क्षेत्र रहेर समसामयिक र सामाजिक कथावस्तुमा चलचित्र निर्माण गर्ने अब्बल निर्देशक मानिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस