‘रअ’ प्रमुखले काठमाडौंमा २० घण्टा रहँदा के–के गरे ?

सफल खबर संवाददाता

शुक्रबार, ०७ कार्तिक २०७७, १० : १४
‘रअ’ प्रमुखले काठमाडौंमा २० घण्टा रहँदा के–के गरे ?

काठमाडौं । सामान्यतयाः गुप्तचर संस्थाका मुखिया अर्काे कुनै देशका समकक्षीले निम्तो गरेमा आउनै नहुने भन्ने हुँदैन । आएर समकक्षीहरुसँग भेटघाट गर्ने, सम्वन्ध विकास गर्ने कुरालाई नजायज मानिदैन । तर देशकै कार्यकारी प्रमुखले अर्काे कुनै देशको गुप्तचर निकायका मुखियालाई पदीय प्रोटोकल समेतको ख्याल नगरी निम्तो दिनु र मध्यरातसम्म भेटवार्ता गर्नुलाई भने स्वभाविक रुपमा लिन सकिन्न ।

अझ त्यसमाथि आफूलाई ‘राष्ट्रवादी’को कथित पगरी गुथेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनलाइसिस विङ ‘रअ’का प्रमुखलाई आफैले निम्तो दिएर मध्यरातसम्म सरकारी निवास वालुवाटारमा भेट गर्नुले गम्भिर प्रश्न उठाएको छ ।

राजनीतिक वृत्त र कुटनीतिक क्षेत्रमा अहिले प्रधानमन्त्री ओलीको निकै आलोचना हुन थालेको छ । तर ओली र उनका निकट भक्तहरु यो भेटवार्तालाई सामान्यीकरण गर्ने, प्रधानमन्त्रीको बचाउ गर्ने र अन्य नेताहरुले पनि भेट गरेको अतिरञ्जित प्रचारवाजीमा लाग्न थालेका छन् ।

ओलीले नेपालको मामलामा झन् विवादमा रहिरहेका गुप्तचर संस्था रअका प्रमुखलाई आफू स्वयंमले निम्तो दिएर मेजमानीका साथ किन भेट गरे ? उनले राजनीतिक र कूटनीतिक तहबाट छलफल र संवाद गरेर भारतसँग बिग्रेको सम्बन्ध सुधार्ने ठाउँ रहँदारहँदै गुप्तचरी संन्यत्रको प्रयोग किन गरे ?

प्रधानमन्त्री ओली र उनका विश्वासप्राप्त भक्तहरुले यसको जवाफ दिएका छैनन । खुल्मखुल्ला गुप्तचर प्रमुख नेपाल आउँदा र सिधै प्रधानमन्त्री निवास वालुवाटार प्रवेश गरेर मध्यरातसम्म ओलीलाई भेट्दासम्म प्रधानमन्त्री, उनको सचिवालय र सरकारले यो विषयमा मौनता साँधिरह्यो । जब सञ्चारमाध्यमले ओलीले बालुवाटारमा रअ प्रमुख सामन्तकुमार गोयललाई मध्यरातसम्म आफ्नो सरकारी निवासमा स्वागत गरेको समाचार बाहिरियो, तब उनका प्रेस सल्लाहकार सूर्य थापाले भेटको पुष्टि गदै वक्तब्य दिए । अनि भने,– सिष्टाचार भेट भयो ।

नेपाली भूमिलाई अतिक्रमण गर्दै भारतले गत कात्तिकमा नयाँ नक्सा निकालेपछि नेपाल र भारतका वीचमा सम्वन्ध विग्रदै आएको थियो । त्यसमाथी पूनः गत चैतमा नेपाली भूमि हुँदै भारतको उत्तराखण्डबाट चीनको मानसरोवर जाने सडकको ट्याक खोलेपछि झन सम्वन्ध चिसिएको थियो ।

भारतको यस्तो हर्कतमा नेपालले पनि आफनो तर्फवाट कदम उठायो । नेपालले नयाँ राजनीतिक–प्रशासनिक नक्सा जारी गरेर संविधानमा समेट ति विषय समेटे । त्यसपछिको भारतीय उच्च अधिकारीबाट भएको यो पहिलो नेपाल भ्रमण हो । यसका लागि ओलीले राजनीतिक कुटनीतिक वार्ता भन्दा पदीय प्रोटोकल विर्सेर विवादास्पद गुप्तचरी निकाय रअ कै भर गर्न खोजेका छन् ।

सिधा अर्थमा हेर्दा ओलीले यसभित्र वोलीमा राष्ट्रवाद र ब्यवहारमा आत्मसर्मपर्णवादको नीति अवलम्वन गर्न खोजेको पुष्टि भएको छ ।

कसरी भएको थियो गोयलको भ्रमण ?
प्रधानमन्त्री निकट स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले यस अगाडी पनि रअका डेपुटी चिफलाई काठमाडौंमा निम्ताएर वालुवाटारमा भेट गरेका थिए  । झण्डै दुई साता अगाडी भएको यो भेटवार्तापछि ओलीले रअका प्रमुखसँग नै भेट गर्न आफुले चाहेको र त्यसको वातावरण मिलाउन आग्रह गरेका थिए ।

त्यसपछि ओलीले आफु निकट ब्यापारी रामेश्वर थापालाई पनि गोयल भ्रमणको भित्री वातावरण निर्माणका लागि परिचालन गरेका थिए ।  

गोयल काठमाडौंमा रहदा सम्म त्यसको आन्तरिक ब्यवस्थापनमा थापाले सहयोगीको भूमिका निर्वाह गर्ने गरी ओलीले गोयललाई काठमाडौं निम्ताएका हुन् । उनले दुई देश वीचको सम्वन्ध सुधार, सिमा विवादको समाधानमा भन्दा पनि गोयललाई काठमाडौंमा निम्ताएर सत्तासिन दल नेकपाभित्रको आन्तरिक राजनीतिको साङगोपाङगो सवै वुझने अवसर दिए ।

पार्टीभित्र आन्तरिक राजनीतिमा कर्नरमा पदै जान थालेका ओलीले आफनो सत्ता टिकाउन फेरि एकपटक भारतीयलाई राजनीतिमा प्रवेश गराउन रअ प्रमुखलाई निम्तो दिएर साथ र समर्थन खोज्न खोजेको देखिएको छ । त्यसैका लागि उनले गोयललाई काठमाडौं निम्ताएको उच्च स्रोतले वताएको छ ।
 
गोयललाई ओलीले यति सहज वातावरण वनाएकी उनी जाहाज नै चार्टर गरेर नेपाल आए । सुटुक्क मध्यरातसम्म ओलीसँग वालुवाटारमा गफिए र स्वदेश फर्किए । उनको जाहाजलाई शुल्क नतिर्ने गरी काठमाडौंमा रहन सक्ने अनुमति दिदै  ओलीले समग्र तारताम्य मिलाएका थिए ।

भारतीय दुतावासले गोयलको एक रातको ब्यवस्थापनका लागि होटल द्दारिकाज र सोल्टी होटेलमा १०÷१० ओटा कोठा वुक गराएको थियो । उनले काठमाडौंमा रहँदा फरक –फरक गाडीको प्रयोग गरेर विभिन्न स्थानमा पुगेर उनले भेटनु पर्नेहरुलाई भेट गर्न पुगेका थिए ।

भेटका लागि आन्तरिक ब्यवस्थापनमा ब्यापारी रामेश्वर थापा पनि जोडिएको वालुवाटार स्रोतले वताएको छ ।

वुधबार दिउँसो १ वजे काठमाडौंमा अवतरण गरेका गोयलले काठमाडौंमा झण्डै २० घण्टा विताएका थिए । त्यसक्रममा उनले सोल्टी होटलमा पहिले पुगेर केही वर आराम गरेका थिए ।

त्यसपछि गोयलले सोल्टी होटलका साहुकै निवासमा केही भेटघाट गरेको र वुढानिलकण्ठ पुगेको स्रोत वताउँछ । वुढानिकलकण्ठमा पनि उनले केही भेटघाट गरेका थिए  । त्यहावाट उनी लैनचौरस्थित भारतीय दुतावास पुगेका थिए । दुतावासमा उनले केही मधेसी नेताहरुसँग भेट गरेका थिए । त्यसपछि उनी द्दारिकाज होटलमा गएका थिए । त्यहा पनि उनले केही भेटघाट गरेको र प्रधानमन्त्री ओलीलाई भेटन वालुवाटार पुगेका थिए ।

साझ ९ वजेर ५ मिनेटमा वालुवाटार प्रवेश गरेका गोयलले मध्यरात १२ वजेर १० मिनेट सम्म ओलीसँग भेट गरेका थिए  ।

त्यसपछि पनि गोयलको भेटघाट सकिएन । उनी विशाल नगरमा रहेको नेपालका रअ प्रमुखको निवास पुगेका थिए । त्यहा उनले केही मधेसी नेताहरुसँग छलफल गरेका थिए  । अनि मात्रै सोल्टी होटलमा पुगेका थिए । उनी सोल्टीवाट विहिवार विहान ९ः ३० वजे स्वदेश फर्किनका लागि त्रिभुवन विमानस्थल पुगेका थिए । र पौने १० वजे स्वदेश फर्किए ।
 
यसरी हेर्दा ओलीकै निम्तोमा गोयल नेपाल आएर केही महत्वपूर्ण राजनीतिक भेटघाट गरेर स्वदेश फर्किएका छन् । यसका लागि ओलीलाई उनी निकट केही नेता र ब्यापारीले साथ दिएका थिए ।

के हुनसक्छ भेटको अर्थ ?
नेपालमा यस अगाडी जहिल्यै भारतीय गुप्तचर सस्था रअको राजनीतिक प्रभाव रहदै आएको थियो । तर पछिल्लो दिनमा त्यो कडी टुटेको थियो । यो वीचमा प्रधानमन्त्री ओली सरकारको नेतृत्वमा आएपछि दुई देशका वीचमा सम्वन्ध विग्रदै गयो ।

सत्तासिन दल नेकपाभित्रको आन्तरिक राजनीतिक खिचातानीमा पनि भारतले हस्तक्षेप गर्न खोजेको प्रधानमन्त्री स्वंमले वालुवाटारवाट अभिब्यक्ति दिए । यसले नेकपाभित्र थप विवाद निम्ताएको थियो । भारतीय गुप्तचर निकाय देखि त्यहाको सस्थापनले नेपालमा पहलिे जस्तो हस्तक्षेपकारी निति लिन सकेको थिएन ।

उनीहरुले पटक पटक नेपाल चीनतिर ढल्किएको आरोप मात्र लगाउन थालिरहेको थियो । भारतले सत्तासिन दलभित्रको आन्तरिक विवादमा सूचना लिने काम गदै आईरहेको थियो । तर ओलीले आफै अगाडी सरेर विवादास्पद गुप्तचर विभागका मुखियालाई काठमाडौंमा निम्तो दिएर मध्यरातसम्म भेट गरेर फेरि नेपालको आन्तरिक राजनीतिमा भारतीय हस्तक्षेपलाई भित्राउन खोजेका छन् ।

यो ओलीको गम्भिर राष्टघात हो । प्रधानमन्त्रीको कुर्सीमा वसेर विग्रेको दुई देश वीचको सम्वन्ध सुधार गर्न उनले राजनीतिक र कुटनीतिक वाटो प्रयोग नगरी गुप्तचरका मुखिया गुहार्न खोज्नुले उनको योजना खतरनाक हुन सक्ने अनुमानक ुटनीतिक वृतमा गर्न थालिएको छ ।

‘के नेपाल र भारतबीच विद्यमान समस्याको गाँठो खोल्न राजनीतिक वा कूटनीतिक तहमा हाम्रा संयन्त्रहरू थिएनन् ?’ परराष्टविद दिनेश भटटराईले भने, –‘हाम्रा प्रधानमन्त्रीसँग भारतीय गुप्तचरको एक सदस्यले यसरी भेटेर आपसी समस्याबारे बहस गर्दै समाधानको उपाय दिने यो स्थिति सन्देहास्पद र खतरापूर्णसमेत देखिन्छ ।’

कतिपयले के अनुमान लगाएका छन भने ओली आफ्नै पार्टीभित्र अल्पमतमा पदै जान थालेका छन् । उनको कार्यशैली र स्वेच्छाचारिताका विरुद्धमा दशै पछि फेरि नेकपाभित्र आन्तरिक संर्घष पेचिलो वन्नेवाला छ । त्यो वेला भने ओलीको पटक पटक वच्दै आएको कुर्सी वच्न कुनै अर्काे फन्डा नगरे सम्भव नहुने देखिदैछ ।

यस्तो वेला उनले भारतीय गुप्तचर निकाय र त्यहाको सस्थापनको धाप खोज्न खोजिरहेका छन् । त्यसैका लागि उनले रअका मुखियालाई काठमाडौं वोलाएर भारतीय शासकवर्गलाई आफनो तर्फवाट सन्देश पठाएका हुन सक्छन् ।

कुटनीतिक वृत्तमा प्रधानमन्त्री ओली अहिले भारतलाई रिझाउने र आफनो सत्ता टिकाउने रणनीतिमा लागेको चर्चा हुन थालेको छ । त्यसका लागि उनले सप्तकोशी ड्याम्प भारतलाई सुम्पिन खोजेको अर्थमा लिन थालिएको छ । त्यसो गर्दा संखुवासभासम्म जाने र किमाडथान्का नाका चिनसँगकोमा सहज प्रवेश गर्ने वाटोको खोजीमा भारत रहेको देखिन्छ ।

ओलीले भारतको यो स्वार्थ पूरा गरेर आफनो सत्ताको आयु वचाउने रणनीतिमा गोयललाई काठमाडौं भित्राएर सन्देश प्रवाह गर्न खोजेको हुन सक्ने अनुमान राजनीतिक तथा कुटनीतिक वृत्तमा हुन थालेको छ ।  यसले ओलीको राष्टवादको मुखुन्डो फेरि एकपटक उधारिएको कुटनीतिक क्षेत्रका जानकारहरुले बताउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस