तस्करबाट मारिएका प्रहरीका परिवारलाई २\२ लाख

सफल खबर संवाददाता

विहीबार, ०६ कार्तिक २०७७, १५ : ५०
तस्करबाट मारिएका प्रहरीका परिवारलाई २\२ लाख

कैलाली । तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २\२ लाख रुपैयाँ दिने भएको छ । बिहीवार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा दुवै परिवारलाई २\२ लाख दिने निर्णय गरिएको हो । 

Yeti Diistillery Tansen Cement box

तत्काल परिवारका सदस्यलाई १र१ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी १ लाख सन्तानको लागि मुद्धति खातामा राखिदिने  प्रदेश सरकारले जनाएको छ । तस्करी नियन्त्रण गर्ने क्रममा तस्करद्वारा कैलालीको अस्थायी प्रहरी पोस्ट जुगेडाका प्रमुख समेत रहेका असई विक र प्रहरी जवान साउँदको हत्या गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस