काठमाडौं । बितेको २४ घण्टामा छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका-३१ शान्तिनगरस्थित सडकमा प्रदेश ३-०२-०१३ प ६५०९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री काभ्रे घर भएका हाल गोलढुङ्गा बस्ने २० वर्षीया सुजु पुतुवारको बुधबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी ललितपुर महानगरपालिका-८ बालकुमारीस्थित हाल नम्बर नखुलेको बोलेरो गाडीले बिहीबार बिहान पैदलयात्रीहरुलाई ठक्कर दिँदा गम्भीर घाइते भएका महालक्ष्मी नगरपालिका-४ ईमाडोल बस्ने ७८ वर्षीय बाबुकाजी श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि बिएण्डबी अस्पताल ग्वार्कोतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्करबाट घाइते भएका सोही ठाउँ बस्ने भाईलाल महर्जनलाई उपचारको लागि सोही अस्पतालमा पठाइएको छ । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी कैलालीको बर्दगोरिया गाउँपालिका-४ निमाबोजीस्थित सडकमा प्रदेश ०१००१ ख २३०९ नम्बरको बसले से.१ ब ९५७ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार लम्की चुहा नगरपालिका-९ दुर्गौली बस्ने ३५ वर्षीया भागरथी रेग्मीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित सडकमा पनि प्रदेश ०१-००८ प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा सोही नगरपालिका-१ बस्ने ४० वर्षीय रंग प्रसाद न्यौपानेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका न्यौपानेको लाल रत्न अस्पताल लम्की हुँदै टिकापुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी सिरहाको धनगढिमाई नगरपालिका-१ बाखरस्थित सडकमा स.१ ग २५ नम्बरको डोजरको ठक्करबाट बुधबार बेलुका सोही स्थान बस्ने ५५ वर्षीय फ्रीतिया सदायको घटनास्थलमै मृत्यु भएको छ । डोजर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, सिरहा कर्जन्हा नगरपालिका-१० प्रयागपुरमा बुधबार बेलुका ज.३ प ४८३१ नम्बरको मोटरसाइकलबाट लडेर सोही स्थान बस्ने ६५ वर्षीया बेचनी देबी साहको मृत्यु भएको छ । सोही स्थान बस्ने २१ वर्षीय संजिव साहले चलाएको मोटरसाइकलबाट ओर्लिने क्रममा लडेर गम्भीर घाइते भएकी साहको आरके मेडिसिटी मुसहरनीयाँ हुँदै थप उपचारको लागि बिराटनगरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
यता मोरङको बेलबारी नगरपालिका-४ स्थित सडकमा को.३२ प ५६३७ नम्बरको स्कुटर अनियन्त्रीत भई बुधबार राति दुर्घटना हुँदा स्कुटर चलाक सोही स्थान बस्ने १९ वर्षीया समीक्षा राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी राईको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य २ जनामध्ये १ जनाको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ भने अर्का १ जना स्थानीय क्लिनिकमा उपचार पश्चात डिस्चार्ज भएका छन् । स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचेस्थित बेनी-जोमसोम सडकमा बा.३ ख ९६६५ नम्बरको बस र ग.१ त ५२८५ नम्बरको ट्याक्टर बाटोको छेउमा पार्किङ गरी राखेकोमा बा.३९ प ७२८० नम्बरको मोटरसाइकल क्रस गर्ने क्रममा बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब २२ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । ३ वटै सवारी साधन र बस तथा ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ कार्तिक २०७७, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, अर्का घाइते
काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते
झापामा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु
अभ्यासका क्रममा मलेसियन आर्मीका दुई हेलिकप्टर ठोक्किए, १० जनाको मृत्यु
ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार जना घाइते