त्रिपुरेश्वरमा ट्राफिक लाइट जडान

सफल खबर संवाददाता

मंगलबार, ०४ कार्तिक २०७७, १२ : ५१
त्रिपुरेश्वरमा ट्राफिक लाइट जडान

फाइल फोटो

काठमाडौं । त्रिपुरेश्वरमा ट्राफिक लाइट जडान गरिएको छ । 

रोटरी क्लब अफ त्रिपुरेश्वरको सहयोगमा ट्राफिक लाइट जडान गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ । ट्राफिक लाइट जडान गरी महाशाखालाई हस्तान्तरण गर्न आयोजित कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले विभिन्न संघ संस्था र स्थानीय तहसँगको समन्वयमा उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक लाइटको मर्मत गरी सञ्चालन गरिएको बताए । 

मंगलबारसम्म काठमाडौं उपत्यकाका २६ स्थानमा ट्राफिक लाइट सञ्चालनमा आइसकेको पनि उनले बताए । उपत्यकामा ९ वर्षदेखि बिग्रिएर रहेका ट्राफिक लाइटको मर्मत गरी सञ्चालनमा ल्याउँदा ट्राफिक व्यवस्थापनमा सहज भएको ढकालले बताए । लाइटको माध्यमबाट ट्राफिक व्यवस्थापन गर्दा कम जनशक्ति लाग्ने मात्र नभई नागरिकमा प्रविधिप्रति सम्मान गर्ने भावनाको विकास पनि हुने उनले बताए ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमा लैजाने योजना अनुरुप विभिन्न स्थानमा विग्रिएर रहेका लाइटहरुको मर्मत गरी प्रयोग गरिएको ढकालले बताए । उपत्यकामा रहेका सबै सिसीक्यामरामार्फत निगरानी गर्ने कार्यलाई पनि प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइएको छ । 

ट्राफिकबाट दिइने कुनै पनि सेवालाई अनलाइनमार्फत गर्ने व्यवस्था गरिएको उनले बताए । कुनैपनि सवारीसाधन कारबाहीमा परेमा सडकबाटै तत्काल राजश्व बुझाउन सक्ने प्रणालीको विकास गर्न लागिएको पनि ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस