एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो पटक डबल सुपर ओभरबाट नतिजा निकालिएको छ । आईतबार राति दुबईमा सम्पन्न प्रतियोगितामा किंग्स इलेभेन पञ्जाबले मुम्बई इन्डियन्सलाई डबल सुपर ओभरमा पराजित गरेको हो ।
यसअघि दुई टोलीबीच खेलिएको पहिलो सुपर ओभर पनि बराबरीमा सकिएको थियो । दोस्रो सुपर ओभरमा मुम्बईले प्रस्तुत गरेको १२ रनको लक्ष्य पञ्जाबले ४ बलमा नै पुरा गर्यो । पञ्जाबका लागि क्रिस जोर्डन र मुम्बईका लागि ट्रेन्ट बोल्टले सुपर ओभरमा बलिङ गरेका थिए । आईपीएलमा पहिलोपटक एकै दिनमा तीन सुपर ओभर भयो । यसअघि पहिलो खेलमा कोलकाताले हैदराबादलाई सुपर ओभरमा नै पराजित गरेको थियो ।
त्यस्तै, पञ्जाब र मुम्बईबीचको पहिलो सुपर ओभरमा पञ्जाबले ५ रन बनाएकोमा मुम्बईले पनि जवाफमा ५ रन मात्र बनाउन सक्यो । यसमा मुम्बईका लागि जसप्रीत बुमराह र पञ्जाबका लागि मोहम्मद शमीले बलिङ गरेका थिए । नियमअनुसार पहिलो सुपर ओभरमा ब्याटिङ र बलिङ गर्ने खेलाडीले दोस्रो सुपर ओभरमा फिल्डिङ मात्र गर्न पाउँछन् । त्यही भएर दोस्रो सुपरओभरमा फरक–फरक खेलाडीले बलिङ र ब्याटिङ गरे ।
आईपीएलमा दोस्रो पटक सुपर ओभर पनि बराबरी भएको हो । यसअघि सन् २०१४ मा कोलकाता र राजस्थानबीचको खेल बराबरी भएको थियो । टस जितेर ब्याटिङ गरेको मुम्बईले १७७ रनको लक्ष्य दिएको थियो । जवाफमा पञ्जाबले ६ विकेटको क्षतिमा १७६ रन बनाएपछि खेल बराबरी भयो । पञ्जाबका लागि कप्तान लोकेश राहुले सबैभन्दा बढी ७७ रन बनाए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०३ कार्तिक २०७७, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल : मुम्बईमाथि राजस्थानको शानदार जीत
आईपीएलमा आज राजस्थान र बैंग्लुरु भिड्ने
आईपीएल : सञ्जुको उत्कृष्ट ब्याटिङमा राजस्थानको विजयी सुरुवात
आईपीएल सुरु हुनुअघि जयपुर रंगशालामा तालाबन्दी
आगामी आईपीएलमा एउटै ओभरमा दुई बाउन्सर
आईपीएल लिलामीका लागि १ हजार १६६ खेलाडी दर्ता