बर्दिया । बर्दियामा कोरोना संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका—६ का ४२ वर्षीय पुरुष रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले कोरोना संक्रमण भएका ती पुरुषको भेरी अस्पताल नेपालगन्जमा आइतबार बिहान २ बजे मृत्यु भएको बताए ।
उनका अनुसार असोज १५ गते बिरामी भएपछि कोहलपुरस्थित नेपालगन्ज शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । असोज १७ गते स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ भएको थियो ।
उनको थप उपचारका लागि भेरी अस्पतालमा ल्याइएको थियो । योसँगै बर्दियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । जिल्लामा हालसम्म कोराना संक्रमितको संख्या ९ सय ७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०२ कार्तिक २०७७, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण