चितवनमा बालीकामाथि बलात्कार प्रयास, न्याय माग्दै प्रदर्शन

सफल खबर संवाददाता

शनिबार, ०१ कार्तिक २०७७, १९ : ०४
चितवनमा बालीकामाथि बलात्कार प्रयास, न्याय माग्दै प्रदर्शन

चितवन । चितवनमा बालिका बलात्कार प्रयासको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । 

भरतपुर महानगरपालिका १ पोखरावसपार्कका ३ जना बालिकाहरुलाई बलात्कार प्रयास गरेको आरोपमा सोही स्थानका एक व्यक्ति पक्राउ परेका हुन् ।
 
बालिकालाई ती व्यक्तिले पैसाको प्रलोभन देखाएर आप्mनो कोठामा जाँउ भन्ने, समातेर गाला, जिब्रो टोक्ने लगायत अश्लिल हर्कत गरेको बालीकाका अभिभाकले बताएका छन् । 

ती व्यक्तिले पटकपटक अश्लिल हर्कत गर्न थालेपछि प्रहरीलाई खबर गर्न आफुहरु बाध्य भएको बालीकाकी बुबा गोपाल केसीले जानकारी दिए । 

अहिले प्रहरीले बालिका र ती आरोपीत व्यक्तिको बयान लिने तथा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

यसैबीच महिला हिंसा अन्त्यको माग गर्दै विभिन्न राजनितिक दल निकट महिला संघ संघठनले चितवनको चौविसकोठीमा प्रदर्शन गरेका छन् । अखिल नेपाल महिला संघ क्रान्तीकारीका केन्द्रीय अध्यक्ष अम्बीका मुडवरीले देशैभर पछिल्लो समय बालीका तथा महिला हिंसाको घट्ना बढेको भन्दै ठोस कदम चाल्न सरकारसग माग गरिन् । उनले आप्mनो सुरक्षाका लागि हरेक महिलाले अब हतियार बोक्नुपर्ने अवस्था आएको बताइन् । 

यस्तै वैज्ञानीक समाजवादी महिला संगठनका राजेश्वरी सुवेदीले यौनजन्य हिंसा अन्त्यका लागि हरेक घरबाट आप्mनो छोरा छोरीलाई प्रशिक्षीत गराउनुपर्नेमा जोड दिइन् । 

यस्तै कार्यक्रममा अखिल नेपाल प्रगतिशित महिला संघका केन्द्रीय सदस्य पार्वती महत्तो लगायतका वक्ताहरुले विभिन्न प्रकारका हिंसा अन्त्यका लागि सरकार, मिडिया लगायत सबै एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए । 

प्रतिक्रिया दिनुहोस