नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले अपराध अनुसन्धानमा उत्कृष्ट काम गर्ने नौ प्रहरीलाई पुरस्कृत गरेको छ । आज ६५औँ प्रहरी दिवसका अवसरमा कावासोतीमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले सम्मान गरेका हुन् ।
दिवसकै अवसर पारेर जिल्लामा आयोजित ब्याडमिन्टन तथा टेबल टेनिस प्रतियोगितामा प्रथम र द्वितीय हुने खेलाडी तथा विपद् व्यवस्थापनमा उत्कृष्ट काम गर्ने इलाका प्रहरी कार्यालय दुम्किबास र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) लाई समेत नगद तथा प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ ।
चाडपर्व केन्द्रित एकीकृत सुरक्षा योजना अन्तर्गत प्रहरीले सञ्चालन गरेको साइकल गस्तीको समेत प्रहरी दिवसकै अवसर पारेर शुक्रबार उद्घाटन गरिएको छ । प्रहरी दिवस तथा साइकल गस्तीको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पङ्गेनीले जिल्लाको शान्ति सुरक्षा कायम गर्न प्रहरीले उत्कृष्ट काम गरेको बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जिल्लामा चाडपर्वलाई शान्त, व्यवस्थित र मर्यादित बनाउन विशेष सुरक्षा योजना लागू गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ३० असोज २०७७, २० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)