राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज शुक्रबार बिहान मृत्यु भएको छ । रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा बिहान ५ बजे मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका स्वास्थ्यमा समस्या देखिएपछि असोज यही २१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि पिसिआर परीक्षण गर्दा असोज २२ गते कोरोना सङ्क्रमण देखिएको थियो ।
शिक्षण अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारका आवश्यक उपचार गरिए पनि स्वास्थ्यावस्थामा सुधार नआई उपचारकै क्रममा बिरामीको मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।
आफन्तजन र अस्पतालसँगको समन्वयमा शव व्यवस्थापनको प्रक्रिया चलिरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । बाँकेमा यससहित बाहिरी जिल्लाबाट आई उपचारका क्रममा अस्पतालमै मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । बाँकेका मात्रै २७ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ३० असोज २०७७, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि