भारतमा दुई मन्त्रीको राजीनामा

शुक्रबार, २५ फागुन २०७४, २० : ४७
भारतमा दुई मन्त्रीको राजीनामा

एजेन्सी । भारतका दुई जना मन्त्रीले दिएको राजीनामा राष्ट्रपति रामनाथ कोविन्दले शुक्रबार स्वीकृत गरेका छन् ।  तेलुगु देशाम पार्टी ९टीडीपी० बाट मन्त्री भएका नागरिक उड्ययन मन्त्री अशोक गजपति राजु तथा विज्ञान तथा प्रविधि सहायक मन्त्री वाइ एस चौधरीको राजीनामा शुक्रबार स्वीकृत भएको हो । उनीहरूले गत बुधबार नै राष्ट्रपति समक्ष राजिनामा पेश गरेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रदेशस्तरको पार्टी टीडीपी दक्षिणी राज्य आन्द्र प्रदेशको मुख्य सत्तारुढ दल हो । टीडीपी र भारतीय जनता पार्टी (विजेपी)ले आन्द्र प्रदेशको सरकार र केन्द्रीय सरकारमा गठबन्धन गरेका छन् ।

सन् २०१४ मा आन्द्र प्रदेशबाट छुट्टिएर नयाँ प्रदेशको रुपमा तेलङगना राज्य बनेपछि आन्द्र प्रदेशलाई विषेश राज्यको मान्यता दिनु पर्ने माग राख्दै विजेपी र टीडीपीका बीचमा द्वन्द्व बढ्दै गएपछि दुई मन्त्रीले राजीनामा दिएका हुन् ।

डीडीपीका अध्यक्ष तथा आन्द्र प्रदेशका मुख्य मन्त्री एन चन्द्रबाबु नाइडुले आफ्नो प्रदेशलाई विषेश प्रदेश बनाउन पटक पटक प्रधानमन्त्री नरेन्द्र मोदीसँग माग गरेपनि सुनुवाइ नभएको बताएका छन् ।

लामो समयदेखिको आफुहरूको मागलाई प्रधानमन्त्री मोदीले बेवास्ता गरेको उनको आरोप छ । नाइडुले प्रदेश सरकार आफुहरूले छाडेपनि केन्द्रीय सरकारको गठबन्धनमा भने कुनै असर नपार्ने बताए ।  विभाजन भएर दुई प्रदेश बनेलगत्तै चार बर्ष अगाडी पनि आन्द्र प्रदेशलाई विषेश प्रदेश बनाउनु पर्ने माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस