आइपिएल : चेन्नईद्धारा हैदराबाद २० रनले पराजित

एजेन्सी

बुधबार, २८ असोज २०७७, ०८ : १२
आइपिएल : चेन्नईद्धारा हैदराबाद २० रनले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई २० रनले पराजित गर्दै विजयी भएको छ  ।

दुबईमा गए राति भएको खेमा चेन्नईले दिएको १६८ रनको लक्ष्य पछ्याएको हैदराबादले ८ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो । उसका लागि केन विलियम्सनले ३९ बलमा ५७ तथा जोनी बाइर्स्टोले २४ बलमा २३ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको चेन्नईले ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो । चेन्नईको सुरुआत राम्रो हुन सकेको थिएन । ओपनर फाफ डु प्लेसिस तेस्रो ओभरमा आफूले सामना गरेको पहिलो बलमै डकआउट हुन पुगे । सन् २०१४ यता उनी आईपीएलमा पहिलोपल्ट शून्यमा आउट भएका हुन् । सन्दीप शर्माको बलमा उनले विकेटकिपर बेरिस्टोलाई क्याच दिन पुगे ।

ओपनर पठाइएका कुरानले २१ बलमा ३१ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । शेन वाटसनले चेन्नईबाट सर्वाधिक ४२ रन जोडे । तेस्रो नम्बर ब्याटिङमा झरेका वाटसनले ३८ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गरे । अम्बाती रायडुले ३४ बलमा ३ चौका र २ छक्कासहित ४१, कप्तान महेन्द्रसिंह धोनीले १३ बलमा २ चौका र १ छक्कासहित २१ रन बनाए । रवीन्द्र जडेजा १० बल खेली ३ चौका र १ छक्का प्रहार गरी २५ रनमा अविजित रहे ।

प्रतिक्रिया दिनुहोस