भरतपुर महानगरमा बजार अनुगमन तिब्र : गुणस्तरहिन खाद्यबस्तु बिक्री गर्नेलाई स्थलगत कारवाही

प्रकाश सिग्देल

शुक्रबार, २३ असोज २०७७, ११ : ११
भरतपुर महानगरमा बजार अनुगमन तिब्र : गुणस्तरहिन खाद्यबस्तु बिक्री गर्नेलाई स्थलगत कारवाही

चितवन । नेपालीहरुको महान चाडपर्व नजिकिएसँगै भरतपुर महानगरपालिकाले बजार अनुगमनलाई तिव्र पारेको छ । महानगर क्षेत्र भित्रका बिभिन्न व्यवसायिक प्रतिष्ठान तथा खाद्य सामाग्री बिक्री केन्द्र पसलहरुको अनुगमन गरिरहेको छ । महानगरका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख थानेस्वर सापकोटाको संयोजकत्वमा बजारमा गएको अनुगमन टोलिले बजारका खाद्य, मासु,डेरी तथा अन्य पसलहरुको अनुगमन गरीरहेको छ ।

टोलीले चाडपर्वको समयमा बजारमा कालोबजारी र महंगी सृजना हुन नदिन महानगरले निरन्तर बजार अनुगमन गरिरहेको र अनुगमनका क्रममा ब्यवसाय दर्ता भए नभएको, पसलबाट बिक्री गरिएको खाद्य बस्तुको गुणस्तर कायम भए नभएको, उपभोग्य मिति भए नभएको र त्यसको खरिद देखी बिक्री मुल्य समेत हेरेर कैफियत देखिए तत्कालै ५ हजार सम्म जरिवना गराईएको सापकोटाले बताए । अनुगमनका क्रममा केही माछा मासु पसल हरुलाई जरिवना समेत गरिएको उनले बताए ।

त्यस्तै अनुगमनको क्रममा ठुलो कसुर गरेको भेटिए उपभोक्ता संरक्षण ऐन र कालोबजारी ऐन अन्तर्गत कारबार्ही समेत गरिने अनुगमन अधिकारी सापकोटाको भनाई छ । टोलिमा महानगरका नगर प्रहरी प्रमुख मेघराज भट्टराई सहितको टोली, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य निरिक्षक प्रदिप काफले, प्रशासन कार्यालयका सामान्य प्रशासन शाखा प्रमुख उमेश पन्थी, उपभोक्ता अधिकार संरक्षण मन्च चितवनका उपाध्यक्ष बिष्णु भुषाल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक देवराज पौडेल, राजस्व कार्यालय चितवनका लोक बहादुर बिष्ट लगाएत सहभागि छन् । 

टोलीमा सहभागिहरुले आ–आफनो दायरा भित्रको बिषयमा अनुगमन गरिरहेका छन् । बजारमा कालोबजारी हुन नदिने र उपभोक्ताको स्वस्थकर गुणस्तरीय उपभोग्य सामग्री खान पाउने अधिकार सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय निरन्तर लागेको अनुगमन अधिकारी उमेश पन्थिले बताए ।  बिहिबार गरिएको अनुगमनका क्रममा मालपोत चोकमा रहेको महम्मद अरमान मिट सप्लार्यस र बसेनीमा रहेको मासु पसलबाट सडेको मासु बरामद गरी नष्ठ गरिएको र दुवैलाई जरिवना गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय चितवनका खाद्य निरिक्षक प्रदिप काफलेले बताए ।

त्यस्तै बसेनीको बुद्ध बेकरीमा पनि गुणस्तरमा समस्या रहेको र जिताली किराना पसल र अरु केही पसलबाट अखाद्य घिउ बरामद गरिएको छ । चाडपर्वको समयमा बजारमा अखाद्य सामग्री बिक्री गरी उपभोक्ता ठग्नेहरुमाथी हदै सम्मको कारबार्ही गर्नु पर्ने उपभोक्ता अधिकारकर्मी भुषालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस