काठमाडौँ । कोरोना संक्रमण दिन प्रति दिन कतै बढ्ने क्रममा छ भने कतै सामान्य घट्ने क्रममा रहेको छ । यसको संक्रमण रोक्न विशेष सतर्कता तथा रोकथाम पनि भरमग्दुर प्रयास चलिरहेको छ । तर कोरोनाको संक्रमण सर्ने सम्भावना विभिन्न माध्यम बताइएपनि पछिल्लो समय हावाबाट बढी सरेको पाईएको छ । कोरोना संक्रमित व्यक्तिको नजिकबाट भन्दा पनि हावाबाट कोरोना संक्रमण बढी फैलिएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले जनाएको छ ।
सीडीसीको एक अध्ययनले अहिले हावाबाट कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढी फैलिरहेको दाबी गरिएको छ । सीडीसीका अनुसार कोरोना भाइरस धुवाँजस्तै लामो समयसम्म हावामा रहन सक्ने र संक्रमितको मुखबाट निस्केका छिटाहरू हावाको माध्यमबाट ६ फिट परसम्म पुग्न सक्छ । त्यसपछि यो अरू व्यक्तिमा सहजै र छिटै सर्न सक्ने अध्ययनमा लागेको वैज्ञानिकहरूले दाबी गरेका छन् ।
अमेरिकी वैज्ञानिकहरूको एक समूहले सोमबार मेडिकल जर्नल अफ साइन्समा प्रकाशित गरेको अध्ययनअनुसार पछिल्लो समय संक्रमितको नजिकबाट भन्दा पनि हावाबाट संक्रमण बढी फैलिरहेको दाबी गरिएको हो । संक्रमणबाट बच्न भौतिक दूरी कायम गरिएकाले संक्रमणको दर घट्नुपर्ने भए पनि तुलनात्मक रूपमा बढिरहेकाले पनि हावालाई नै संक्रमितको प्रमुख माध्यम मानिएको छ ।
एकचोटी खोक्दा कम्तिमा तीन हजार र हाछ्युँ गर्दा ३० हजारभन्दा बढी अन्त्यन्तै साना छिटाहरू निस्किएर हावामा मिसिने र त्यसले संक्रमण तीब्र दरमा फैलिएको बताइएको छ । हावामा रहेका भाइरस केही सेकेण्डदेखि केही घन्टासम्म बाँच्न सक्ने ती भाइरस कम भेन्टिलेसन भएका स्थानसम्म पुगेर जोखिम बढाउने सीडीसीको अध्ययनले जनाएको छ ।
यसअघि २३ देशका २४० भन्दा बढी वैज्ञानिकहरूको समूहले हावाबाट पनि कोरोना भाइरसको संक्रमण फैलिएको दाबी गरेका थिए । डब्ल्युएचओले समेत प्रति १० व्यक्तिमध्ये एक जना कोरोना संक्रमण भएको हुन सक्ने जनाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २१ असोज २०७७, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि