काठमाडौं । अमेरिकाले आफ्नो भिसा नीतिमा कुनै परिवर्तन नल्याएको जनाएको छ । नेपालस्थित अमेरिकी दूतावासले सञ्चारमाध्यममा अमेरिकाले आफ्नो भिसा नीतिमा कम्युनिस्ट पार्टीका सदस्यमाथि कडा प्रावधान ल्याएको भन्ने समाचारको खण्डन गरेको हो ।
दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘केही समाचारले दिएका भ्रामक सूचनाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । हाम्रो नीतिमा कुनै परिवर्तन गरेका छैनौं ।
अमेरिकामा भ्रमण गर्ने वा प्रवासी कम्युनिस्ट पार्टीका सदस्य वा निरंकुश शासन प्रणालीका सदस्यबारे हाम्रो दशकौं पुरानो कानुनमा कुनै परिवर्तन आएको छैन ।’ विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टीका सदस्यहरूलाई अमेरिकामा बस्न प्रतिबन्ध नलगाइएको स्पष्ट पारिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ असोज २०७७, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
अमेरिकाद्वरा भेनेजुएलाको अर्को तेल ट्यांकर जफत
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
अमेरिका र युक्रेनबीच मियामीमा वार्ता हुने
अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाद्वारा कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि प्रतिबन्ध