काठमाडौं । अमेरिकाले आफ्नो भिसा नीतिमा कुनै परिवर्तन नल्याएको जनाएको छ । नेपालस्थित अमेरिकी दूतावासले सञ्चारमाध्यममा अमेरिकाले आफ्नो भिसा नीतिमा कम्युनिस्ट पार्टीका सदस्यमाथि कडा प्रावधान ल्याएको भन्ने समाचारको खण्डन गरेको हो ।
दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘केही समाचारले दिएका भ्रामक सूचनाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । हाम्रो नीतिमा कुनै परिवर्तन गरेका छैनौं ।
अमेरिकामा भ्रमण गर्ने वा प्रवासी कम्युनिस्ट पार्टीका सदस्य वा निरंकुश शासन प्रणालीका सदस्यबारे हाम्रो दशकौं पुरानो कानुनमा कुनै परिवर्तन आएको छैन ।’ विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टीका सदस्यहरूलाई अमेरिकामा बस्न प्रतिबन्ध नलगाइएको स्पष्ट पारिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ असोज २०७७, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण