एजेन्सी । इन्डियन प्रिमियर लिग )आईपीएल) क्रिकेटको शिर्ष स्थानमा दिल्ली क्यापिटल्स पुनः उक्लेको छ । दिल्लीले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ५९ रनले पराजित गर्दै शिर्ष स्थानमा उक्लेको हो ।
दुबईमा सोमबार राति सम्पन्न खेलमा अस्ट्रेलियन खेलाडी मार्कस स्टोइनिसको अविजित ५३ रनमा दिल्लीले ४ विकेट गुमाई १ सय ९६ रन बनाएको थियो । शिखर धवनले ३२, पृथ्वी शले ४२, कप्तान श्रेयस ऐरले ११ र ऋषभ पन्तले ३७ रन बनाए । कागिसो राबाडाले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिएपछि बेंग्लोरले ९ विकेट गुमाई १ सय ३७ रनमात्र बनाउन सक्यो ।
राबाडाले बेंग्लोरका कप्तान विराट कोहलीसहित वासिङ्टन सुन्दर १७, शिवम दुबे ११ र इसुरु उडाना १ लाई आउट गरेका थिए । अर्का दक्षिण अफ्रिकी बलर एन्रिच नोर्टजेले ४ ओभरमा २२ रन खर्चेर दुई विकेट लिए, त्यसमा एबी डी भिलियर्स ९९० को विकेट पनि थियो ।
म्यान अफ द म्याच स्पिनर अक्षर पटेलले ४ ओभरमा १८ रन खर्चेर दुई तथा रविचन्द्रन अश्विनले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए । बेंग्लोरबाट कोहलीले सर्वाधिक ४३ रन बनाए । सोक्रममा उनले ३९ बल खेली २ चौका र १ छक्का प्रहार गरे ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २० असोज २०७७, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित